Pushpan Pradhan – Daiba Lyrics

रे, रे, रा, री, रे
रा-रा, रे, रे, रा, री, रे

नदेख्दा उनलाई सास फेर्न साह्रो
रातको के कुरा? दिनै अँध्यारो
नदेख्दा उनलाई सास फेर्न साह्रो
रातको के कुरा? दिनै अँध्यारो

कसरी सक्नु उभिन एक्लै? मर्नु न बाँच्नु भो
तड्पेको मनलाई, जलेको मनलाई सम्हाल्नै साह्रो भो

कहाँ जानु? कता खोज्नु? तँ नै बताइदे
दैव सुनिदे, बिन्ती छ, मलाई उनी दे
दैव सुनिदे, बिन्ती छ, मलाई उनी दे

माग्या थिइन उनी बाहेक केही पनि, केही पनि
तँलाई थाहा थियो, मेरो जीवन थिइन् उनी
माग्या थिइन उनी बाहेक केही पनि, केही पनि
तँलाई थाहा थियो, मेरो जीवन थिइन् उनी

किन खोसिस् बाँच्ने आधार मेरो?
एक्लोपनको न्यानो सहारा मेरो?
के मिल्यो खोसेर सास मेरो?
किन खोसिस् बाँच्ने आधार मेरो?
एक्लोपनको न्यानो सहारा मेरो?
के मिल्यो खोसेर सास मेरो?

कहाँ जानु? कता खोज्नु? तँ नै बताइदे
दैव सुनिदे, बिन्ती छ, मलाई उनी दे
दैव सुनिदे, बिन्ती छ, मलाई उनी दे

Comments (0)